आइतबार, भदौ २३, २०८१

nespernesper

सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक छ : गृहमन्त्री लेखक

 |  शनिबार, साउन ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन ५, २०८१

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन्। 

triton college

सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्ति विकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताए। ‘राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योगदान छ। प्राकृतिक प्रकोपका बेला पनि सशस्त्र प्रहरीको काम प्रशंसा गर्न लायक छ’, उनले भने। सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उनको भनाइ थियो। 

तेइस वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न स्व सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा काँग्रेसका तर्फबाट सदस्यका रूपमा सहभागी भएर काम गरेको बताए। ‘सशस्त्र द्वन्द्वका समयमा सशस्त्र प्रहरी बलको भूमिका मुख्य रह्यो। देशमा शान्ति सुरक्षा कायम गर्नमा सबैभन्दा पछि स्थापना गरिएको सुरक्षा सङ्गठनको धेरै योगदान छ’, उनले भने।  

निरीक्षणका क्रममा गृह सचिव एकनारायण अर्यालले मन्त्रालय सशस्त्र प्रहरी बल नेपालको साथमा रहेको बताए। ‘सशस्त्र प्रहरी बल नेपालको कानुन छिट्टै संसद्मा पेस हुन्छ’, उनले भने। सीमित साधन स्रोतका बीचमा  सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा तदारुकता देखाएको उनले बताए। उच्च मनोबलका साथ काम गर्न गृह सचिव अर्यालले निर्देशन दिए। विपद्का समयमा अहोरात्र खट्न उनले आग्रह गरे। 

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल आफ्नो काममार्फत जनताको मनमा बस्न सफल भएको बताए। सरकारले सशस्त्र प्रहरी बलप्रति राखेको विश्वासलाई कायमै राखेर काम गर्ने उनले उल्लेख गरे। सीमासुरक्षा बलसँगसम्बन्धी कानुनमा सुधारको आवश्यकता रहेको महानिरीक्षक अर्यालको भनाइ थियो।

Metro Mart
vianet

प्रकाशित: Jul 20, 2024| 08:42 शनिबार, साउन ५, २०८१
प्रतिक्रिया दिनुहोस्