शुक्रबार, जेठ १५, २०८३

माटोको ढिस्कोले पुरिएर मुस्ताङमा दुई मजदुरको मृत्यु

 |  शनिबार, साउन ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन ५, २०८१
National life
Shivam cement

म्याग्दी- मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ। ढुम्बाको कुछपतेरङ्गा गुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो।  नेपाल प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा मजदुरको शव माटोबाट बाहिर निकालिएको हो। 

प्रकाशित: Jul 20, 2024| 08:00 शनिबार, साउन ५, २०८१
प्रतिक्रिया दिनुहोस्