शुक्रबार, जेठ १५, २०८३

जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

 |  शुक्रबार, साउन ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ४, २०८१
National life
Shivam cement

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ। पार्टीले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए। 

‘जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ, तर, पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन, भोलि शनिबार वा आइतबार बिहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ’, उनले भने।

प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने कार्यक्रम तय भएको छ। गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रकाशित: Jul 19, 2024| 19:51 शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्