मंगलबार, पुस ८, २०८२

सिमलताल दुर्घटनाको एक साता: २२ जनाको शव भेटियो, ४० अझै बेपत्ता

 |  शुक्रबार, साउन ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ४, २०८१

चितवनको सिमलतालमा पहिरोसँगै बस खसेर बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ। नवलपरासीतर्फ नारायणी नदीमा शव भेटिएको हो। 

National life

गत २८ असारमा नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट दुईवटा बस त्रिशूलीमा खसेका थिए। बसमा सवारमध्ये थप दुई जनाको शव फेला परेसँगै भेटिनेको संख्या २२ पुगेको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भेटिएका २२ जनामध्ये ८ जनाको पहिचान हुन बाँकी छ। अझै ४० जना बेपत्ता छन् भने बस पनि भेटिएका छैनन्। 

गत शुक्रबार बिहान २७ जना यात्रु लिएर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको ०३–००१ ख २४९५ नम्बर गणपति डिलक्स र ३८ यात्रुसहित पर्साको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स पहिरोसँगै त्रिशूलीमा खसेका थिए। 

दुर्घटनालगत्तै बसको झ्यालबाट निस्केका गणपति डिलक्सका तीन यात्रुले त्रिशूलीको भेलमा पौडेर ज्यान जोगाएका थिए। यसरी निस्कनेमा रौतहटका नन्दन दास, जोगेश्वर राय यादव र सुरज गुप्ता थिए। उनीहरूबाहेक ६२ जना बससँगै बेपत्ता भएका थिए। 

अहिले पनि करिब ५ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित उद्धारकर्मीहरूको टोली बेपत्ता बस यात्रुको खोजीमा लागिरहेका छन्। खोजीका लागि मोटरबोट, र्‍याफ्टिङ बोट, वाटर ड्रोनलगायतको प्रयाग गरिएको छ। बेपत्तामध्ये कतिपयलाई नदीले नेपालको सीमा कटाइसकेको आशंकामा भारतीय पक्षसँग समेत समन्वय गरेर काम भइरहेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 19, 2024| 10:45 शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्