आइतबार, चैत २९, २०८२

चितवनको माडीमा अति भारी वर्षा

 |  शुक्रबार, साउन ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ४, २०८१

काठमाडौं- चितवनको माडीमा अति भारी वर्षा मापन भएको छ। पछिल्लो २४ घण्टामा माडीको गोविन्दवस्तीमा २१८.८ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

National life

यस्तै, पाल्पाको बल्ड्याङगढीमा पनि पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको बताइएको छ। त्यहाँ २४ घन्टामा १२८.८ मिलिमिटर पानी परेको छ।

यसैगरि, सिन्धुपाल्चोकमा पनि धेरै भारी वर्षा भएको छ। सिन्धुपाल्चोकको ढुंगेमा पछिल्लो चौबिस घन्टामा ११४ र गोब्रेमा १११ मिलिमिटर वर्षा भएको छ। 

त्यसबाहेक थुप्रै स्थानमा भारी वर्षा मापन भएको छ।

kumari

पछिल्लो चौबिस घन्टामा खोटाङको रबुवाबजारमा ७७.४ मिलिमिटर, सोलुखुम्बुको पेकरनासमा ५७.४ मिलिमिटर, दोलखाको लामाबगरमा ९३ मिलिमिटर, चितवनको शक्तिखोरमा ९४.२ मिलमिटर, लमजुङको कुन्चामा ९१.२ मिलिमिटर, बेशिसहरमा ८९ मिलिमिटर, कास्कीको सिकलेसमा ४० मिलिमिटर, काठमाडौंको सुन्दरीजलमा ४१.६ मिलिमिटर, भक्तपुरको तथलीमा ५४.८ मिलिमिटर वर्षा मापन भएको छ।  

मौसमको भाषामा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ।

 

प्रकाशित: Jul 19, 2024| 08:16 शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्