आइतबार, चैत २९, २०८२

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते

 |  शुक्रबार, साउन ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ४, २०८१

महोत्तरी- पिपरामा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्रयाक्टर दुर्घटनामा परेको हो। 

National life

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहीबार अपराह्‍न ४ बजे जलेश्वर नगरपालिका-६ धबौली गाउँबाट ज १ त ८०४४ नम्बरको ट्रयाक्टरमा पिपरा गाउँपालिका-५ मा लागेको दाहा मेला हेर्न गइरहेका वेला २७ जना जलेश्वर नपा-९ स्थित परिकौली चोकनजिकै दुर्घटनामा  परेका हुन्।

चालकले तीव्र गतिमा ट्रयाक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर लगिएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टामा चोट लागेको छ भने केहीको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 19, 2024| 08:07 शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्