शुक्रबार, जेठ १५, २०८३

बागमती प्रदेशमा ७० प्रतिशत रोपाइँ सम्पन्न

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

मकवानपुर- बागमती प्रदेशमा हालसम्म ७० प्रतिशत रोपाइँ सकिएको छ। प्रदेशको १३ जिल्लामा साउन १ गतेसम्म ७० प्रतिशत अर्थात ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेटौँडाले जनाएको छ।

National life

मन्त्रालयका अनुसार, कूल एक लाख १४ हजार पाँच सय ६१ हेक्टर धान खेतीयोग्य जमिन मानिने बागमतीमा ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो। मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार, सबैभन्दा बढी रोपाइँ दोलखामा र सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ। 

दोलखामा दुई हजार चार सय ७६ हेक्टर र धादिङमा छ हजार ४६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। 

काठमाडौँमा पाँच हजार ३७ हेक्टर, भक्तपुरमा दुई हजार सात सय १५ हेक्टर, चितवनमा १८ हजार आठ सय ७८ हेक्टर, मकवानपुरमा पाँच हजार आठ सय ५९ हेक्टर र नुवाकोटमा सात हजार सात सय ५८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ।

सिन्धुलीमा आठ हजार ५६ हेक्टर, रामेछापमा पाँच हजार एक सय ८७ हेक्टर, काभ्रेपलान्चोकमा सात हजार चार सय ३३ हेक्टर, रसुवामा  सात सय ८३ हेक्टर र सिन्धुपाल्चोकमा पाँच हजार सात सय हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। 

Shivam cement

प्रकाशित: Jul 18, 2024| 20:53 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्