मंगलबार, पुस ८, २०८२

मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

नेपाल प्रहरीले भिजिट भिसामा एकजना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका– ३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘बेचबिखन गरेको भन्ने पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बुधबार ललितपुर महानगरपालिका– २४ बाट निजलाई पक्राउ गरेको हो।’

National life

अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब रु. ४० हजारसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई रु. दुई लाख नगद लिई दुबईमा अर्का अभियुक्तले भेट गरी आफू बस्ने कोठामा लगी बन्धक बनाई घरेलु काममा लगाई यौनशोषण गरी जबर्जस्ती गर्भपतनसमेत गराएको पीडितको आरोप छ।

यसैगरी, युएईमा भन्दा कुबेतमा राम्रो तलब हुन्छ भनेर ०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई सो एजेन्टले अर्कोलाई जिम्मा लगाएको र निजले पीडितलाई बन्धक बनाई श्रम र यौन शोषणसमेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कार्कीले बताए। पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रुपैयाँ रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाई ०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका प्रहरीले जनाएको छ। 

पक्राउ परेका अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रकाशित: Jul 18, 2024| 17:03 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्