शुक्रबार, जेठ १५, २०८३

नारायणी किनारमा थप एक शव भेटियो, ४२ यात्रु र दुई बस अझै बेपत्ता

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

चितवनको सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ। भरतपुर महानगरपालिका-२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा आज एक पुरुषको शव भेटिएको हो।

National life

शवको सनाखत हुन बाँकी छ। योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ, जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन्।

गत असार २८ गते बिहान नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोले दुईवटा यात्रुबाहक बस बगाएको थियो। ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो। अझै ४२ यात्रुको अवस्था अज्ञात छ र बस पनि भेटिएका छैनन्।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोजतलास गरिरहेका छन्।

वीरगञ्जबाट २७ यात्रुसहित काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट ३८ यात्रु लिएर रौतहटको गौर आउँदै गरेको बा ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको थियो।

Shivam cement

प्रकाशित: Jul 18, 2024| 16:36 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्