शुक्रबार, जेठ १५, २०८३

खोलाले बगाउँदा रुकुमपश्चिममा एक जनाको मृत्यु

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१
National life
Shivam cement

रुकुमपश्चिम- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो। 

काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिए। उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ।

यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो। खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन्। बाढीका कारण सो क्षेत्रमा भौतिक संरचनामा अत्यधिक क्षती पुगेको। 

प्रकाशित: Jul 18, 2024| 16:32 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्