मंगलबार, पुस ८, २०८२

कोइलाबास भन्सारबाट लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

घोराही- दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन गरेको छ। 

National life

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा एक करोड ४० लाख ७६ हजार ९० रूपैयाँ राजस्व संकलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए।

भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि एक करोड एक लाख ३८ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो। भारतबाट प्यूठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीका सवारी साधनबाट बढी राजस्व संकलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ।

पछिल्लो समय दाङ आसपासका क्षेत्रमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ। यसरी आउने भारतीय पर्यटकहरुबाट भन्सार कार्यालयले दुईपाङ्ग्रे सवारी साधनको एक दिनको दुईसय रूपैयाँ र चारपाङ्ग्रे सवारी साधनबाट एक दिनको ६ सय रूपैयाँ राजस्व लिने गरेको छ।

भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि एक करोड ६३ लाख ६ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 18, 2024| 20:31 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्