सोमबार, पुस ७, २०८२

द्वारिकाज होटलकी मालिक अम्बिका श्रेष्ठको निधन

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

काठमाडौंको बत्तीसपुतलीस्थित हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९२ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी हस्पिटलमा आज निधन भएको हो।

National life

निमोनिया र बाथरोगबाट पीडित उनी २ महिनायता उपचाररत थिइन्। श्रीमान् द्वारिकादास श्रेष्ठको सपना पूरा गर्न उनले द्वारिकाज होटल सञ्चालनमा ल्याएकी थिइन्।

सन् १९६४ बाटै भवन निर्माण गर्न थाले पनि सन् १९७७ मा द्वारिकाज होटल दर्ता गरेकी थिइन्। उनी गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत भएकी थिइन्।

महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थिइन्।

प्रकाशित: Jul 18, 2024| 13:01 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्