शुक्रबार, जेठ १५, २०८३

'धनुषा र महोत्तरीमा मल अभाव छैन'

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

जनकपुरधाम- धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।

National life

उक्त कार्यालयका प्रमुख बेचनकुमार साहका अनुसार मलको पर्याप्त मौज्दात रहेको तथा सहकारी संस्थामार्फतढुवानी तथा बिक्रीवितरण भइरहेको छ।

दुवै जिल्लामा सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले निर्धारण गरेको ‘कोटा’अन्तर्गत सहकारी संस्थामार्फत मल बिक्रीवितरण हुने प्रावधान छ। सोहीअनुसार मल वितरण गरेको उनले जानकारी दिए। हाल युरिया नौ सय मेट्रिक टन,  डिएपी मल ८४ मेट्रिक टन तथा  पोटास ५८ मेट्रिक टन मौज्दात छ। 

कृषि सामग्री कम्पनीबाट धनुषा र महोत्तरीका २७ पालिका अन्र्तगत दुईसय  नौवटा  सहकारी संस्थामार्फत मल बिक्री भइरहेको छ। भारतसँग सीमा जोडिएका पालिकाका किसानले भने भारतीय बजारबाट मल खरिद गर्ने गरेको किसानले जनाएका छन्।

आर्थिक वर्ष २०८०/८१ मा रु ३५ करोड  ४० लाख ८३ हजारको १२ हजार चार सय  मेट्रिक टन मल बिक्री गरेको जनाएको छ। उक्त आवमा रु ११ करोड ५५ लाख ४१ हजारको ९२ दशमलव ५५ मेट्रिक टन युरिया, रु २३ करोड ७८ लाखको एक सय ५० मेट्रिक टन डिएपी तथा रु ७० लाख ८४ हजारको पाँच हजार ९६ मेट्रिक टन पोटास र रु छ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिक टन चुन बिक्री भएको छ।

Shivam cement

धनुषामा ४२ हजार हेक्टरमा धानखेती हुँदै आएको तथा हालसम्म ७० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित: Jul 18, 2024| 09:28 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्