सोमबार, पुस ७, २०८२

आठबिसकोटका बाढी प्रभावितलाई तत्काल राहत व्यवस्थापन गरिने

 |  बुधबार, साउन २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २, २०८१

त्रिवेणी- कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आठबिसकोट नगरपालिकाका बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने बताएका छन्।

National life

आठबिसकोट– ११ र १२ का बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण पछि स्थानीयसँग छलफल गर्दै बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने उल्लेख गरे।

सोमबार राति आठबिसकोट-११ को सिमबजार र वडा नं १२ को झिनचौरमा आएको बाढीले मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्‍याएको थियो। प्रभावित स्थानको अवलोकन गर्नुका साथै बाढीमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्रीका प्रमुख स्वकीय सचिव सुन्दर शर्माले बताए। 

बाढीले निम्त्याएको घटनाको विस्तृत अध्ययन, उद्धार, राहत तथा व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै तत्काल सरकारले राहतको व्यवस्थापन गर्ने मन्त्री केसीले प्रतिबद्धता जनाए। साथै घाइते भएकाहरूको उपचारमा सरकारले सहयोग गर्ने उनले बताए। मनसुनजन्य विपद्बाट सुरक्षित रहन सर्तकता अपनाउन पनि उनले जिल्लावासीलाई आग्रह गरे।

सोमबार राति गिजागार खोलामा आएको बाढीले खोला किनारमा अस्थायी आवासमा बसोबास गर्ने दश वर्षीया हितमाया पुन, आठ वर्षीया धनुषा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो। बाढीले बगाउँदा सोही ठाउँका ३८ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

Laxmi sunrise bank
kumari

बाढीका कारण नौ जना घाइते भएका छन्भने दर्जनबढी घर क्षति भएका छन्। साथै सडक, विद्युत्, खानेपानीका पाइपमा क्षति पुग्दा स्थानीयलाई समस्या भएको आठबिसकोट नगरपालिकाले जनाएको छ।

प्रकाशित: Jul 17, 2024| 16:53 बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्