सोमबार, पुस ७, २०८२

साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो

 |  बुधबार, साउन २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २, २०८१

महोत्तरी- साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ। जिल्लामा साउन लागेदेखि सात लाख रूपैयाँको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य संघले जनाएको छ।

National life

जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, औरही, बलवा, मनरा, पिपरा, भ्रमरपुरालगायत बजार क्षेत्रबाट दुई दिनमा सात लाख रूपैयाँको चुराको व्यापार भएको उद्योग वाणिज्य संघका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए। यसअघिका वर्षमा पनि साउनमा मात्रै ३० लाख रूपैयाँभन्दा बढीको चुरापोतेको व्यापार हुने गरेको उनले बताए।

सदरमुकाम जलेश्वरमा लाग्ने गरको चुरापोते बजार, श्रृंगार पसल तथा लहेरी (चुरा बेच्ने) महिलाले गाउँगाउँ गएर बेच्ने स्थानमा चुरापोते किन्ने महिला, किशोरी, युवतीहरुको घुइँचो लाग्ने गरेको जलेश्वर-२ का श्रृंगारको व्यापारी राम महतोले बताए। जिल्लाका अधिकांश हाटबजारमा हरियो, पहेँलो, रातो चुरा तथा पोते किन्ने महिलाको घुइँचो लाग्ने गरेको उनले बताए।

विवाहित महिलाले अनिवार्यरुपमा हरियो चुरा र पोते लागने परम्पराले गर्दा साउनमा अन्य समयको तुलनामा बढी व्यापार हुने गरेको जलेश्वर-२ का श्रृंगार व्यापारी मुस्ताक अन्सारीले बताए।

'जिल्लामा यसअघिका साउनमा चुरापोतेको व्यापारबाट ३० लाख रूपैयाँसम्म आम्दानी हुन्थ्यो। यस वर्ष दुई दिनको व्यापारको अवस्थाले आम्दानी बढी हुने अनुमान गरेका छौँ', वाणिज्य संघका महासचिव चौधरीले भने।

Laxmi sunrise bank
kumari

जलेश्वर बजारमा दैनिक चुराको बेच्दै आएकी मुस्ताक लहेरीले दुई दिनमा १० हजार रूपैयाँभन्दा बढी आम्दानी भएको बताइन्। गत वर्ष महिनाभरि एक लाख रूपैयाँ आम्दानी भएको जनाउँदै यो वर्षको साउनमा तुलनात्मक रुपमा बिक्री बढेकाले आम्दानी पनि बढी हुनसक्ने उनले उल्लेख गरिन्।

गौशाला बजारकी बेचनी खातुनले दुई दिनमा १५ हजार, बलबा बजारकी फुलगेन लहेरी र औरही बजारकी दुखनी खातुनले समान २० हजार, मनराकी हरीया लहेरनीले १५ हजार रूपैयाँको चुरापोते व्यापार भएको बताएका छन्।

साउन लागेसँगै जिल्लाका प्रत्येक गाउँ तथा सहरका चुरा पसलमा हरियो चुरा र पोते लगाउने महिलाको घुइँचो लाग्ने गरेको छ। रासस

प्रकाशित: Jul 17, 2024| 17:31 बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्