मंगलबार, जेठ २७, २०८२

योजनाहरू शिलान्यासमात्रै गरेर छोड्नु हुँदैन: देउवा

 |  बुधबार, साउन २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २, २०८१

vianetvianet

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले कुनै पनि योजनाहरू शिलान्यास मात्रै गरेर छोड्न नहुने बताएका छन् ।

बुधबार काठमाडौँको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै सभापति देउवा शिलान्यास गर्ने तर नबनाइदिँदा अलपत्र हुने गुनासो गरेका हुन् । 

उनले स्व. मंगलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताए । उनले मंगलादेवी सिंह आफैँमा एउटा संस्था भएको बताए ।

उनले भने, ‘आज मंगलादेवी सिंहको नामको भवनको शिलान्यास गर्ने मौका मैले पाएको छु । यो मेरा लागि धेरै ठुलो सौभाग्यको कुरा पनि हो । मंगलादेवी सिंह गणेशमानजीको श्रीमती मात्रै नभएर मंगलादेवी सिंह आफैँमा पनि मंगलादेवी सिंह हो । त्यसकारण उहाँ गणेशमानजीको श्रीमतीको नामबाट होइन । मंगलादेवी आफैँमा एउटा संस्था हो । उहाँको नाममा भवन शिलान्यास गर्न लागेका छौँ । तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरू नबन्ने हुनु हुँदैन ।’

प्रकाशित: Jul 17, 2024| 14:13 बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्