मंगलबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, चारजना मृत फेला

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, चारजना मृत फेला

 |  बुधबार, साउन २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २, २०८१

vianetvianet

खोटाङ, साकेला गाउँपालिका-१ बाँझेस्थित सडकमा प्रदेश २-०१-००१ त २०१५ नम्बरको ट्याक्टर मंगलबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बस्ने २१ वर्षीय जिवन देउजाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अर्का १ जनालाई उपचारको लागि घोपा अस्पताल धरान रेफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, गौरादह नगरपालिका-१ सितापुरी चोकस्थित सडकमा बा. ७० प १८१ नम्बरको मोटरसाइकल र मे. ६ प ५८१ नम्बरको मोटरसाइकल मंगलबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ बा. ७० प १८१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका-५ बस्ने २४ वर्षीय सन्जोक भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मे. ६ प ५८१ नम्बरको मोटरसाइकल चालकलाई निम्स अस्पताल दमक हुँदै थप उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

काठमाडौं महानगरपालिका-४ शंखपार्कस्थित सडकमा बा.प्र.०२-००६ प ८३०६ नम्बरको मोटरसाइकल, बा.प्र.०२-०३४ प ३९७२ नम्बरको मोटरसाइकल र बा. ६३ प ८६०१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुदाँ बा.प्र.०२- ००६ प ८३०६ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरत गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनाको चिरायू अस्पताल वसुन्धारामा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ हाइवे सिचाइ कार्यालयस्थित सडकमा यूके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भारत चम्फावत मिनाबजारबस्ती बनबासा बस्ने ३० वर्षीय चाँद पुरैसिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-४ चाँदनीस्थित सडकमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका करिब ३५ पुरुष व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अर्का १ जनालाई सोही अस्पताल हुँदै महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा थप उपचार भइरहेको छ ।

National life insurance

मृत फेला
नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१२ तमासपुरस्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया महिला र गैंडाकोट नगरपालिका-१० खरखरेस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

अछाम, साँफेबगर नगरपालिका-१४ नरिसरा ठुलो ढुङ्गास्थित खप्तड राष्ट्रिय निकुञ्जको जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, गोदावरी नगरपालिका-२ बसपार्क रिङरोड जाने बाटो नजिकै डडेल्धुरा अमरगढी नगरपालिका-७ बस्ने ५२ वर्षीय दत्त राज भट्टराई मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Jul 17, 2024| 13:04 बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्