शनिबार, भदौ ६, २०८३

डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्रीको आग्रह

 |  बुधबार, साउन २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन्। 

प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरेका छन्। उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरेका हुन्। 

‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख  गरेका छन्।

प्रकाशित: Jul 17, 2024| 09:35 बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्