सोमबार, पुस ७, २०८२

आठबिसकोट बाढी : बगरका स्थानीयलाई सुरक्षित स्थानमा सारियो

 |  मंगलबार, साउन १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १, २०८१

रुकुम-पश्चिम- रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–१२ झिनचौरका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। सोमबार राति गिजागाड खोलामा आएको बाढीले झिनचौरस्थित बगरगाउँ पुरिएपछि त्यहाँका स्थानीयलाई सोही वडाकै झिनचौरस्थित कर्णाली वेभरेज प्राली रहेको भवनमा स्थान्तरण गरिएको हो। बगरका करिब १५ घरपरिवारलाई वेभरेज प्राली रहेको भवनमा सारिएको आठबिसकोट नगरपालिका फोकल प्रसन मानबहादुर बटालाले जानकारी दिए। 

National life

उनका अनुसार बाढी पीडित परिवारलाई तल्कालको लागि नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ भने नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले कमल, म्याटलगायतका सामग्री उपलब्ध गराएको बटालाले जानकारी दिए। सोमबार राति बाढीले बगर गाउँका चारवटा अस्थायी आवास र पाँचवटा कच्ची घर गरेर नौ घर पूर्णरूपमा क्षति पुर्‍याएको छ। त्यस्तै एउटा कुखुरा फार्म, एउटा काष्ठ उद्योग पनि पुरिएको छ। 

बाढीकै कारण वडा नं ११ सिमबजारका १० र वडा नं ७ खारखाराका दुईवटा गरी १२ घर बाढीको उच्च जोखिमा छन्। सिमबजारका स्थानीय सुरक्षित स्थानमा सर्न थालेको छन्। 

बाढिले चार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षेति पुर्‍याएको छ। गिजागाड खोलामा रहेका सातवटा पानी घट्ट पनि बगेका छन्। यसैगरी बाढीका कारण नगरपालिकाका विभिन्न स्थानमा विद्युत्, ग्रामीण सडक अवरुद्ध हुनुका साथै खानेपानीका पाइपमा क्षति पुगेकाले स्थानीयलाई समस्या भएको छ।

 झिनचौरखोला, तातापानी खोला र डोेबखोलामा सोमबार राति बाढी आउँदा झिनचौरस्थित बगरगाउँमा अस्थायी आवासमा सुतिरेका बेला बाढीले घर बगाउँदा पुरिएर १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनुषा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो। बेपत्ता हुनुभएका ३७ वर्षीय डिल्लीबहादुर बुढाथोकीको बिहानैदेखि खोजी कार्य भइरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 16, 2024| 20:22 मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्