शनिबार, जेठ १६, २०८३

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली

 |  मंगलबार, साउन १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १, २०८१

महेन्द्रनगर- धनुषा जिल्ला अदालतले आजदेखि स्वचालित पेसी प्रणाली लागु गरेको छ।  

National life

अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागु गरिएको न्यायाधीश चुडामान खड्काले बताए। यसअघि सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेसी प्रणाली लागु भइसकेको छ। साथै आजदेखि  पारिवारिक इजलास सञ्चालन भएको उनले बताए।

अदालतले पुराना मुद्दा चालु आर्थिक वर्षभित्रमा फर्छ्यौट गरेर अर्को आर्थिक वर्षमा त्यसलाई शून्यमा झार्ने लक्ष्य लिएको छ।

धनुषा जिल्ला अदालतमा आव २०८०/८१ मा जिम्मेवारी सरेर आएकामध्ये तीन हजार एक सय ८४ र नयाँ दर्ता भएकामध्ये एक हजार नौ सय ९१ मुद्दा फर्छ्यौट भएका छन्।

जिल्ला अदालतमा सबैभन्दा बढी देवानी मुद्दाअन्तर्गत लेनदेन मुद्दा फछ्र्यौट गर्न बाँकी छ। लेनदेन मुद्दाको सङ्ख्या एक हजार आठ सय २७, अंश मुद्दा एक हजार ९९ र बैंकिङ कसुरसम्बन्धी एक सय १० मुद्दा परेका छन्। रासस

Shivam cement

प्रकाशित: Jul 16, 2024| 18:01 मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्