सोमबार, पुस ७, २०८२

अनुदान नीतिले म्याग्देमा दूध उत्पादन बढ्यो

 |  मंगलबार, साउन १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १, २०८१

दमौली- तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ। उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले गाउँपालिकामा दूग्ध उत्पादक किसान बढ्नुका साथै दूध उत्पादनमा वृद्धि भएको छ।

National life

गाउँपालिकाले चालु आर्थिक वर्षमा यहाँका किसानलाई २८ लाख ८८ हजार दुई सय आठ वितरण गरेको पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए। उनका अनुसार प्रतिलिटर दश रूपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ।

तीन वटा सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानले अनुदान पाएका छन्। चालु आर्थिक वर्षमा तीन वटा सहकारी संस्थामार्फत् दुई लाख ८८ हजार आठ सय २० लिटर दूध बिक्री भएको छ। म्याग्दे गाउँपालिका-४ स्थित म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ३७ हजार नौ सय ४७, गौ सेवा दुग्ध उत्पादक सहकारी संस्थाबाट ३४ हजार सात नौ र साँगे चारहजार दूध उत्पादक सहकारी संस्थाबाट १६ हजार एक सय ६४ लिटर दूध उत्पादन भएको छ।

त्यसमध्ये म्याग्दे दुग्ध सहकारीलाई २३ लाख ७९ हजार चार सय ७७, गौ सेवा दुग्ध सहकारीलाई तीन लाख ४७ हजार ११ र साँगे चारहजार दुग्ध सहकारीलाई एक लाख ६१ हजार छ सय ४० रूपैयाँ अनुदान उपलब्ध गराइएको शाहले बताए।

गाउँपालिकाले गत जेठ २० गते तीन वटा सहकारीलाई बिक्री भएको दूधको अभिलेख, भुक्तानी बिलको प्रमाणित प्रतिलिपिसहित उक्त किसानले बिक्री वितरण गरेको एकमुष्ट विवरण माग गरेको थियो।

Laxmi sunrise bank
kumari

गत आर्थिक वर्षमा गाउँपालिकाले किसानलाई १४ लाख ९८ हजार पाँच सय ८२ रूपैयाँ अनुदान वितरण गरेको थियो। त्यसबेला एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको थियो।

म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानलाई ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई दुई लाख १२ हजार दुई सय ३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई एक लाख ६५ हजार एक सय ६३ रूपैयाँ रकम वितरण गरिएको थियो।

दूध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराएपछि किसान उत्साहित भएका छन्। गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि किसान खुसी भएका हुन्। म्याग्दे गाउँपालिका-३ निवासी नवराज घिमिरेले गाउँपालिकाको यो कामले किसानको हौसला बढाएको बताउँदै जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा भएको बताए।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि र पशुपालन क्षेत्रलाई अझै व्यवस्थित गर्दै लैजाने नीति लिइएको उल्लेख गरे। उनले भने, 'गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएका हौँ। यसले गर्दा दुग्ध उत्पादक किसान पेसाप्रति आकर्षित र उत्साहित भएको पाएका छौँ।' रासस

प्रकाशित: Jul 16, 2024| 18:31 मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्