सोमबार, पुस ७, २०८२

काठमाडौं महानगरको श्रम बैंकबाट ९११ जनाले पाए रोजगारी

 |  मंगलबार, साउन १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएको मेयर बालेन साहले जानकारी दिएका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले श्रम बैंकमार्फत् ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको बताएका छन्।

National life

‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो,’ मेयर बालेनले भनेका छन्।

त्यस्तै मेयर बालेनले यसअघि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत दुई हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४६७ जना र अनलाइनमार्फत दुई हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको बताएका छन्। 

‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको,’ मेयर बालेनले बताएका छन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 16, 2024| 09:22 मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्