शनिबार, जेठ १६, २०८३

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

 |  मंगलबार, साउन १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १, २०८१
National life
Shivam cement

काठमाडौं- आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन्। साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका  लागि घुइँचो लागेको राससलाई जानकारी दिए।

उनले भने, ‘साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ।’ आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ।

कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए।

प्रकाशित: Jul 16, 2024| 08:11 मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्