शनिबार, जेठ १६, २०८३

बाढीपहिरोबाट देशभर ११३ जनाको मृत्यु

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१
National life
Shivam cement

काठमाडौं- देशका विभिन्न स्थानमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपद्मा परी गत जेठ २८ यता एक सय १३ जनाको मृत्यु भएको छ। बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २०, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठजनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीकानुसार उपत्यकामा आठ, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११ गरी एक सय १९ जना घाइते भएका छन्। 

अहिलेसम्म सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका प्रहरीले जनाएको छ। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ३० घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 15, 2024| 21:02 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्