सोमबार, पुस ७, २०८२

ओली क्याबिनेटको पहिलो बैठकले गर्‍यो यी निर्णय

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूलाई दश लाखको दरले राहत उपलब्ध गराउने भएको छ। सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

National life

बैठकले विपदमा परी १० दिनसम्म बेपत्ता भएकाहरूका परिवारलाई पनि मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि सो व्यवस्था नभएकाले मन्त्रिपरिषद् बैठकले सो निर्णय पनि गरेको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

त्यसैगरी बैठकले विपद्‌मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदन पनि व्यक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिहरूमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी २०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने, कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप फ्लड लाइट जडान र प्याराफिट निर्माणको कार्य ३ सय दिनभित्र सम्पन्न गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता गुरुङले बताए। 

बैठकले सरकारको प्रवक्तामा सञ्चारमन्त्री गुरुङलाई तोकेको छ। यसैगरी निमित्त मुख्यसचिव लिलादेवी गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषद् बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 15, 2024| 20:25 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्