सोमबार, पुस ७, २०८२

अरु मन्त्रीले पदभार ग्रहण गरे, कृषिमन्त्री गेटबाटै फिर्ता

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- आज नियुक्त भएर आजै शपथ ग्रहण गरेका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुले आ-आफ्ना मन्त्रालयमा गएर पदभार ग्रहण गरे। मन्त्रीहरुलाई कर्मचारीले भव्य स्वागत गरे।

National life

तर कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी भने मन्त्रालयकव गेटबाटै फर्किनुपर्‍यो। कारण हो कर्मचारीको आन्दोलन।

मन्त्रालयमा कार्यरत राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिकहरूको आन्दोलनका कारण मन्त्री अधिकारी मन्त्रालयभित्र प्रवेश गर्नै पाएनन्।

मन्त्रालयको प्रवेशद्वारमै उनले आन्दोलनरत कर्मचारीहरूसँग कुरा गर्दै उनीहरुका समस्या चाँडै समाधान गर्ने बताए। आफूले यसबारेमा गहन अध्ययन गर्ने भन्दै त्यसका लागि समय माग गरे। उनले आफूले पहिलो प्राथमिकतामा राखेर कर्मचारीका समस्या समाधान गर्ने आश्वासन दिए। पदभार ग्रहण गर्न पुगे पनि उनी पदभार ग्रहण नगरी फर्किएका थिए।

उनले भने, ‘अहिले क्याबिनेट बस्दैछ। तपाईंहरूका समस्या मैले सुनें। यसलाई राम्रो ढंगबाट अध्ययन गरेर निर्णय लिनेछु। पहिलो प्राथमिकतामा राखेर यो म अध्ययन गर्नेछु। केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु। समय दिनुस्, साथमा म रहनेछु।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 15, 2024| 17:23 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्