सोमबार, पुस ७, २०८२

स्वास्थ्यमन्त्री पौडेलले काम नदेखाएसम्म खादामाला नलगाउने

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फूलमाला र खादा लगाउन अस्वीकार गरेका छन्। सोमबार शपथ ग्रहणपछि पदभारका लागि मन्त्रालय पु्ग्दा कर्मचारीले उनको स्वागतमा सबै तयारी गरेका थिए। तर उनले केही ग्रहण गरेनन्।

National life

उनले मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म कतै पनि माला र खादा नलगाउने घोषणा गरेका छन्। नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन्। उनी काठमाडौं ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।

 पदभार ग्रहणसँगै उनले क्यान्सर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन्। मन्त्री पौडेलले नेपालमा क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका लागि रणनीति बनाउने निर्णय गरेका हुन्।

मन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन्। पदभार ग्रहण गर्दै उनले संघीय अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका हुन्।

‘नेपालको स्वास्थ्य उपचार क्षेत्रमा सुधार भएको महसुस गराउनेछौं। एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउनेछौं’, उनले भने, ‘धेरै ठूला काम कति गर्न सक्छौं, तर साना साना कुराहरुको परिवर्तन गरेर देखाउन सक्छौं ।’

Laxmi sunrise bank
kumari

मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने बताए। ‘अबको एक हप्ताभित्र मन्त्रालयले तत्काल के गर्छ भन्ने कुरा र ३ महिनाभित्र, ६ महिनाभित्र र एक वर्षभित्र गर्ने कार्यक्रम सार्वजनिक गर्नेछौं’, उनले भने। उनले सबै नेपालीलाई बिमाभित्र समेट्ने गरी कार्यक्रम ल्याउने पनि बताए ।

प्रकाशित: Jul 15, 2024| 16:45 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्