शनिबार, जेठ १६, २०८३

धादिङको किचेत गाउँ पहिरोको जोखिममा

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

मलेखु- धादिङको उत्तरी क्षेत्रस्थित गंगाजमुना गाउँपालिका– १ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ। गएराति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो।

National life

गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिए। ‘चारैतिरबाट पहिरोले घेरेको छ। गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ। एउटा घरको शौचालय बगिसक्यो,’ उनले भने, ‘गएराति १२ बजेतिर पानी पर्‍याे, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ।’

मकैबारीको भित्रभित्रै चिरा परेको छ। गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरू छन्। एउटा भत्किनेबित्तिकै सबै भत्किने खालको घरहरू छ। पहिरोको मुखमै परेको नोर्बु लामासहित तीन–चार परिवारले राति नै घर खाली गरेको पूर्णले जानकारी दिए।

उनका अनुसार बस्तीभन्दा तल्लो भागबाट बारीका गराहरू भासिन थालेका छन्। जमिन चिरा परेर बग्न थालेको छ। पहिरो झर्ने संकेत देखिन थालेपछि स्थानीय त्रसित बनेका छन्। पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन् खतरा बढेको छ। अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन्।

किचेत गाउँमा विशेषगरी तामाङ समुदायको बसोवास छ। सो गाउँ जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब ५५ किलोमिटरको दूरीमा छ। बर्खा लागेपछि सो स्थानमा पुग्न यातायात सेवासमेत अवरुद्ध हुने गर्छ।

Shivam cement

प्रकाशित: Jul 15, 2024| 19:31 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्