शनिबार, जेठ १६, २०८३

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१
National life
Shivam cement

जुम्ला- अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरुद्ध भएको थियो। 

मेसिन परिचालन गरी आज अपराह्न ३:३० बजेदेखि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिए।

वर्षाका कारण सो स्थानहरुमा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्घ हुँदा यात्रुहरु बीच बाटोमै रोकिएका  थिए।  वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ। 

प्रकाशित: Jul 15, 2024| 16:35 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्