सोमबार, पुस ७, २०८२

सुन्तला बगैंचा व्यवस्थापनका लागि किसानलाई अनुदान

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

गण्डकी- पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रमअन्तर्गत २५ लाख रूपैयाँ अनुदान उपलब्ध गराएको छ।

National life

सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

उनका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुईसय ८० किसानलाई अनुदान उपलब्ध गराइएको हो। महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम एकसय ५० का दरले १९ हजार छ सय ५२ बोटका लागि अनुदान वितरण गरेको उनले जानकारी दिए।

अनुदान प्राप्त गर्न प्रत्येक बोटमा एक सय किलो प्रांगारिक मल अनिवार्य हाल्न ५० , बोडो पेष्ट गरेबापत ४०, बोडो मिक्सचर स्प्रेबापत ३० र बोटको वरपर बाक्लो छापो लगाएबापत ३० गरी एक सय ५० रूपैयाँ प्रदान गरिएको हो।

किसानबाट प्राप्त निवेदनका आधारमा मापदण्ड निर्धारण बनाइ उक्त मापदण्ड पूरा गरे नगरेको महानगरपालिकाको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी अनुदान वितरण गरिएको कडरियाले जानकारी दिए।

Laxmi sunrise bank
kumari

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले उत्पादनमा जोड दिँदै किसानलाई अनुदानमार्फत सहयोग गर्दै आएको जानकारी दिए।

सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१/०८२ मा महानगरपालिकाले ७० प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने जनाएको छ। रासस

प्रकाशित: Jul 15, 2024| 18:31 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्