शनिबार, भदौ ६, २०८३

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन्।  

विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे संसद्को कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र सो बैठकले कार्यसूची तयार गरी बैठकमा प्रस्तुत गर्ने बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

मुख्यमन्त्री जम्मकट्टेलको मन्त्रिपरिषद्मा एमालेका तर्फबाट समावेश पाँच मन्त्रीले सामूहिक राजीनामा  दिएपछि उनी अल्पमतमा परेका हुन्। मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा रहेको सरकारमा अहिले माओवादीको दुई, एकीकृत समाजवादीको तीन र हाम्रो नेपाली पार्टीको एक गरी आठ जना मन्त्री छन्। 

प्रकाशित: Jul 15, 2024| 16:12 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्