बिहीबार, जेठ ७, २०८३

ओलीको नियुक्तिविरुद्ध परेको रिटमा ६ साउनलाई पेशी तोकियो

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाई, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संयुक्त रुपमा रिट दायर गरेका हुन्।

National life

रिटको पेशी साउन ६ गतेलाई तोकिएको छ। ओलीको नियुक्ति संविधान विपरीत भएको भन्दै बदरको माग गरिएको छ। संविधानको धारा ७६(३) बमोजिम सरकार गठन हुनुपर्ने रिटमा जिकिर गरिएको छ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए।

ओलीले आजमात्रै प्रधानमन्त्रीको शपथ लिएका छन्।

 

Shivam cement

प्रकाशित: Jul 15, 2024| 13:22 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्