सोमबार, पुस ७, २०८२

अस्पतालभित्रै पसेर बिरामीको गोली हानी हत्या

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

भारतको नयाँदिल्लीस्थित जीटीबी अस्पताल (गुरु तेगबहादुर अस्पताल)मा पेटको संक्रमणको उपचार गर्न गएका एक बिरामीको गोली हानी हत्या भएको छ। आइतबार ३२ वर्षका एक बिरामीको हत्या भएको हो।

National life

बीबीसीका अनुसार घटनाको अनुसन्धानमा रहेको प्रहरीले अझै पनि आक्रमणकारीको पहिचान हुन नसकेको जनाएको छ। ती बिरामीको नाम मोहम्मद रियाजुद्धिन रहेको र उनी खजुरीमा डेन्टल क्लिनिक चलाउँदै आएका थिए ।

जीटीबीको २४ नम्बर बेडमा भर्ना भएका उनलाई बहिनी र एक मेडिकल अटेन्डेन्ट साथमै रहेको बेलामा गोली हानी हत्या गरिएको बताइएको छ ।

आक्रमणकारीले एक्कासि गोली प्रहार गरेको र अरु दुई  मानिस पनि उसको साथमा रहेको प्रहरीले जनाएको छ। गोली हान्नासाथै तीनैजना त्यहाँबाट भागेका थिए। हत्याकाण्डपछि आम आदमी पार्टीले दिल्लीको सुरक्षा व्यवस्थालाई लिएर भारतीय जनता पार्टीप्रति आपत्ति जनाएको छ।

प्रकाशित: Jul 15, 2024| 13:15 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्