शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

केपी ओलीले लिए प्रधानमन्त्रीको शपथ

 |  सोमबार, असार ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन् ।

triton college

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ । 

तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत भएका थिए । सोही परमादेशले देउवालाई पाँचौपटक प्रधानमन्त्री बनाएको थियो । यसपटक उतै देउवाको समर्थनमा ओली प्रधानमन्त्री बनेका छन् ।
 

प्रकाशित: Jul 15, 2024| 12:03 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्