सोमबार, पुस ७, २०८२

त्रिशूलीमा भेटियो १२ जनाको शव, सातको मात्रै सनाखत

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

चितवनको सिमलताल दुर्घटनामा परी त्रिशूलीमा बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा नारायणी नदी किनारमा सोमबार बिहानसम्म १२ जनाको शव भेटिएको छ।

National life

प्रहरीका अनुसार घटनास्थल भरतपुर-२९ सिमलतालदेखि गण्डक ब्यारेजसम्मको नारायणी किनारमा खोजी गर्ने क्रममा ती शव भेटिएका हुन्।

चितवन प्रहरीले भेटिएका शवहरू सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसमा सवार यात्रुहरू हुनसक्ने अनुमान गरेको छ ।

शव भेटिएकाहरूमध्ये अहिलेसम्म सात जनाको मात्रै सनाखत भएको छ । उनीहरूको आफन्तले शव जिम्मा पनि लिइसकेका छन् । पाँच जनाको सनाखत हुन बाँकी छ।

सनाखत हुनेमा सर्लाहीको बरहथवा ३ बस्ने १९ वर्षीय रमितकुमार माझी, चितवनको माडी १ बस्ने २२ वर्षीय विकाश परियार, भारत सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपल साह, भारत सीतामणि बेतिया बस्ने ३० वर्षीय जयप्रकाश ठाकुर र भारत बिहार बेतिया बस्ने ३० वर्षीय सजाद अन्सारी रहेका छन् ।

Laxmi sunrise bank
kumari

त्यसैगरी चितवन भरतपुर २२ बस्ने २३ वर्षीय सुदीप विक र रौतहट जमुनामाई ४ बस्ने १७ वर्षीय राहुम मियाको शवको सनाखत भएको छ । भेटिएका शव मध्ये चार चार पुरुष र एक महिलाको शवको पहिचान खुल्न सकेको छैन । घटनास्थल सिमलताभन्दा ५० किलोमिटरदेखि एक सय किलोमिटर गण्डक ब्यारेजसम्म ती शव भेटेको हो ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसलाई भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसाएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ निकालेको विवरण अनुसार दुवै बसको चलानी र आफन्तले दिएको विवरण गरी ६५ जना सवार थिए ।

प्रकाशित: Jul 15, 2024| 11:59 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्