शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ओली सरकारमा कुन मन्त्रालयको जिम्मेवारी कसलाई [सूचीसहित]

 |  सोमबार, असार ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्‍लाई पूर्णता दिएका छन्। हिजोमात्रै प्रधानमन्त्री नियुक्त भएका ओलीले आज शपथ लिँदै मन्त्रीहरुलाई शपथ गराएका हुन्। 

triton college

सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्। कांग्रेसबाट १०, एमालेबाट ८, जसपाबाट २ र लोसपाबाट एक जना मन्त्री बनेका छन्। 

कांग्रेसबाट
प्रकाशमान सिंह- सहरी विकास
रमेश लेखक- गृह
आरजु राणा- परराष्ट्र
तेजुलाल चौधरी- युवा तथा खेलकुद
अजयकुमार चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
दीपक खड्का- ऊर्जा
ऐनबहादुर शाही- वन तथा वातावरण
प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
बद्रीप्रसाद पाण्डे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी- कृषि तथा पशुपन्छी

एमालेबाट
विष्णु पौडेल- अर्थ
पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि
राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
विद्या भट्टराई- शिक्षा, विज्ञान तथा प्रविधि
देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
दामोदार भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
मानवीर राई- रक्षा

जसपाबाट
प्रदीप यादव- खानेपानी
नवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

Metro Mart
vianet

लोसपाबाट
शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा

प्रकाशित: Jul 15, 2024| 11:58 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्