आइतबार, चैत २९, २०८२

कस्तो छ आज देशभरको मौसम?

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

National life

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशभरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका एकदुई  स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। 

kumari

प्रकाशित: Jul 15, 2024| 07:09 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्