आइतबार, चैत २९, २०८२

तनहुँमा खोलामा डुबेर दुई जनाको मृत्यु

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

National life
kumari

तनहुँ- तनहुँमा खोलामा डुबेर दुईको मृत्यु भएको छ। आइतबार व्यास नगरपालिका–५ साँगखोला र भानु नगरपालिका–६ चुँदीखोलामा डुबेर दुईको मृत्यु भएको प्रहरीले जनाएको हो। 

साँगेखोलामा डुबेर सोही वडाको बरबोटेका २० वर्षीय शिशिर कुमाल रहेका छन्। घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी दमौली अस्पताल पुर्‍याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए। 

यस्तै भानु नगरपालिका–६ लेङ्गाबारीमा चुँदीखोलाले बगाएर ४० वर्षीय निमबहादुर मस्राङ्गीको मृत्यु भएको छ। शनिबार नुहाउने क्रममा बगाएका उनको शव आइतबार भानु नगरपालिका–५ पञ्चनगरस्थित खोला छेउमा भेटिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 15, 2024| 07:05 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्