सोमबार, पुस ७, २०८२

बाढीपहिरोले सडक बगाउँदा तीन गाउँका स्थानीय समस्यामा

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

लमजुङ- दुई साताअघि आएको बाढीपहिरोले सडक बगाउँदा बेँसीसहर नगरपालिका–११ का रुम्टाबेँसी, बजारखुट्टा र बुढीकुवा बगरबोट गाउँका स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको छ।

National life

बेँसीसहर–१ बट वडा नं ११ चिती जोड्ने रिट्ठेबगर–बूढीकुवा खण्डअन्तर्गत वडा नं १ रिट्ठेबगरमा पहिरोले सडक बगाएपछि यातायातका साथै पैदालयात्रा समेत नहुँदा तीन गाउँका स्थानीय समस्यामा पर्दै आएका हुन्।

आज बेँसीसहर–८ मा वडा नं ११ चिती वडा कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त सडकको अवस्था, समस्या र समस्या समाधानका विषयमा भएका येजनाबारे जानकारी दिएको हो। वडाध्यक्ष शिव जोशीले सो स्थानमा मर्स्याङ्दी नदीको बाढीका साथै सडक माथिबाट पहिरो आउँदा एक किलोमिटर बगाएको जनाउँदै तीन गाउँका स्थानीयलाई एम्बुलेन्समार्फत बिरामी लैजान, विद्यालयमा पठनपाठन गर्न जान र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भइरहेको बताए।

सत्तरी मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजनाद्वारा निर्मित ड्यामबाट आठ मिटरमाथि रुद्धनिधि तिवारी र सुनिल तिवारीको घर उच्च जोखिममा रहेकाले निजहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन्।

रिट्टेबगरको पुलबाट करिब एक हजार मिटरमाथि नेपाली सेनाको ब्यारेक अगाडि घुम्तीमा नदीजन्य पदार्थको ढिस्को जम्मा भई मर्स्याङ्दीले जलसतह पार गरेपछि बाढी जाँदा सडक बगाएको वडाध्यक्ष जोशीले बताए। सडक माथिबाट पहिरो जाने क्रम अझै नरोकिएको उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

बेँसीसहर नगरपालिका कार्यापालिकाको यसअघिको बैठक र वडा नं ११ कार्यालयले उक्त ढिस्को हटाएर पानी यथास्थितिमा बग्न दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरेको थियो। समितिले उक्त समस्याका बारेमा आयोजना कार्यालयलाई पत्रचार गरी समस्याका बारेमा जानकारी गराइएको जनाएको छ।

यसैबीच, आयोजनाले सो ढिस्को फाल्नु नपर्ने भन्दै सडक अन्यन्त्र सार्नुपर्ने प्रतिवेदन तयार गरेर समितिमा पठाएको थियो। “उक्त प्रतिवेदन आयोजनाले स्थलगत अध्ययन नगरी बनाएको हो। प्रतिवेदनका आधारमा ढिस्को नहटाउँदा बाढीले सडक बगाएको छ”, वडाध्यक्ष जोशीले भने।

ढिस्को नफालेकाले गण्डकी प्रदेश सरकारले चालु वर्षमा निर्माण गरेको जालीसहितको तटबनधनमा समेत क्षति पुगे भन्दै उनले सडकको अन्य भाग पनि बाढीपहिराको उच्च जोखिममा परेको बताए।

“नेपाल विद्युत् प्राधिकरणले मध्यमर्स्याङ्दी ड्यामसाइटमा सोलार परियोजना निर्माण गर्न लागेकाले उक्त परियोजनाका लागि पक्की सडक आवश्यक पर्ने देखिन्छ”, वडाध्यक्ष जोशीले भने, “सडक नबनेसम्म मध्यमर्स्याङ्दी आयोजनाको ड्यामसाइटको दुई पुलमध्ये एउटा आवतजावत गर्ने व्यवस्था मिलाउन वडा कार्यालयको पहलमा स्थानीय उपस्थित भई सरोकार भएकासँग माग गरेका छौँ।”

वडा कार्यालय र स्थानीयले आजै बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई सो समस्या समाधानका लागि माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। रासस

प्रकाशित: Jul 14, 2024| 21:01 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्