शनिबार, जेठ १६, २०८३

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। 

ओलीको पद तथा गोपनीयताको शपथ सोमबार बिहान ११ बजे हुनेछ। कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम  प्रधानमन्त्रीको दाबी पेश गरेका थिए। कांग्रेस-एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ।

कांग्रेस-एमालेले ओलीको शपथ लगत्तै साना दलहरूलाई पनि साथ लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।
 

प्रकाशित: Jul 14, 2024| 17:36 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्