सोमबार, पुस ७, २०८२

धनगढीमा बढ्यो तरकारीको मूल्य

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

कैलाली- धनगढीमा अहिले तरकारीको मूल्य निकै बढेको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको धनगढीमा छिमेकी राष्ट्र भारतका विभिन्न सहरबाट तरकारी आयात हुने गरेको छ।

National life

भारतको पलियास्थित वङ्शीनगरमा केही दिनदेखि वर्षाका कारण बाटो अवरुद्ध भइ आयात रोकिएपछि धनगढीमा हिजोआज तरकारीको मूल्य निकै बढेको स्थानीय तरकारी व्यवसायी चन्दु चौधरीले जानकारी दिए। आयात भएका विभिन्न तरकारी प्रदेशका अन्य पहाडी जिल्लामा समेत जाने गरेको छ।

'केही दिनदेखिको अविरल वर्षाका कारण पलिया नजिकैको उक्त स्थानमा जलसतह बढी बाटो अवरुद्ध भएपछि यहाँ तरकारी आयात रोकिएको छ। अहिले स्थानीय बजारमा तरकारीको मूल्य आकाशिएको छ,' व्यवसायी चौधरीले भने।

धनगढीको रामजानकी सब्जीमण्डीमा तरकारी लिन आउनुभएका हरिभक्त जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए। उनले अहिले फर्सी, लौका प्रतिकिलो ३० देखि ५० रूपैयाँ हुने गरेकामा अहिले एक सय रूपैयाँभन्दा बढी पुगेको जानकारी दिए। तरकारीको मूल्य अत्यधिक वृद्धि हुन थालेपछि स्थानीय उपभोक्ता मारमा परेका छन्। रासस

प्रकाशित: Jul 14, 2024| 18:31 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्