सोमबार, पुस ७, २०८२

नेपाली पात्रो १ करोड पटक डाउनलोड

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

काठमाडौं- नेपालको पहिलो विक्रम सम्बतमा आधारित मोबाइल एप नेपाली पात्रो १ करोड पटक डाउनलोड भएको छ। नेपाली तिथि, मिति, पात्रो, चाडपर्व, संस्कृति, वैदिक सनातन हिन्दु उत्सव/पर्व, विभिन्न जातजाति, भाषाभाषीका धर्म, आस्था तथा संस्कृति लगायत विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारी नेपाली पात्रो एपमा समावेश छ।

National life

नेपाली पात्रोमा रेडियो, समाचार (यो गज्जब छ), वैदिक पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरू पनि समावेश छन्।

नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङसाथ लोकप्रिय भएको नेपाली पात्रोले जनाएको छ।

नेपालका ४ सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष काले जानकारी दिए।

विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ आदि जस्ता  दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ।

Laxmi sunrise bank
kumari

दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ करोडमाथि रहेको छ।

नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा स्रोता मित्रहरूको समय अनुसार सुन्न सकिन्छ।

सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ।

यसका लागि नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ।

नेपाली पात्रोमा देशका प्रमुख १५०  भन्दा बढी अनलाइन न्युजपोर्टल र  ३५० भन्दा बढी रेडियो समेत जोडिएका छन्।

नेपाली पात्रो नेपालको सबभन्दा धेरै सञ्चार नेटवर्क भएको नेपाली एप्लिकेसन भएको नेपाली पात्रोको दाबी छ। हालै सर्वाधिक लोकप्रिय केवल डिस्ट्रिब्युसन नेटवर्कट नेट टीभीमा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न मिल्ने सुविधा सार्वजनिक गरिसकेको छ।

 

प्रकाशित: Jul 14, 2024| 12:21 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्