सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • त्रिशूलीमा खसेका दुइटा बसमा थिए ६५ यात्रु, तीनजना हामफालेर बाँचे, चारको शव फेला

त्रिशूलीमा खसेका दुइटा बसमा थिए ६५ यात्रु, तीनजना हामफालेर बाँचे, चारको शव फेला

 |  आइतबार, असार ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

vianetvianet

नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार खसेको दुई बसमा कुल ६५ यात्रु रहेको पुष्टि भएको छ। दुई दिनसम्म प्रहरीले बसको टिकट काउन्टर र आफन्तहरूसँग सोधपुछका आधारमा ६५ यात्रु सवार रहेको निष्कर्ष निकालेको हो।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्त सम्पर्कमा आएर जानकारी गराएका ११ जना गरी ३८ जना थिए। यसैगरी वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलानबमोजिम २३ यात्रु र आफन्तले जानकारी गराएबमोजिम थप चार जना गरी २७ यात्रु रहेको पुष्टि भएको चितवन प्रहरीको भनाइ छ।

दुई बसमा गरी ६५ जना यात्रु रहेकोमा तीन जना हामफालेर बाँचेका थिए। यसैगरी शुक्रबार दिउँसोदेखि शनिबार बेलुकासम्म तीन जनाको शव भेटिएको छ र तीनै जनाको शव सनाखत भइसकेको छ। आइतबार बिहान एक जनाको शव भेटिएको छ तर सनाखत भइसकेको छैन।

 

प्रकाशित: Jul 14, 2024| 10:47 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्