शनिबार, भदौ ६, २०८३

सिमलताल पहिरोमा बेपत्ता बसका यात्रुको शव धमाधम भेटिँदै

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

पश्चिम चितवनको भरतपुर महानगरपालिका-२८ मा एक पुरुषको शव भेटिएको छ। नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०-३५ वर्षको पुरुषको शव फेला परेको हो।

शुक्रबार बिहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइटा बस त्रिशूलीमा खस्दा बेपत्ता भएका यात्रुमध्ये कुनै एक यात्रुको शव हुन सक्ने आशंका गरिएको छ। शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ।

हिजो शनिबार गोलाघाटमा एक र गैंडाकोटको थुम्सी नजिकै दुई जनाको शव भेटिएको थियो। भेटिएका तीनवटै शवको सनाखत भइसकेको छ। उनीहरुमध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु भएको खुलेको छ।

प्रकाशित: Jul 14, 2024| 10:13 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्