आइतबार, चैत २९, २०८२

सिमलतालमा खसेको बसका दुई यात्रुको शव गैंडाकोटमा भेटियो 

 |  शनिबार, असार २९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २९, २०८१

नवलपुर (नवलपरासी)– नारायणी नदी किनारमा शनिबार दिउँसो दुईवटा शव फेला परेका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो।

National life

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन्।

नदीले बगाएर ल्याएका अन्दाजी २५–३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटेको पाँच जनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए।

पहिलो शवभन्दा करिब १० फिटको दूरीमा करिब १८-२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र दुवै शवको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। शव चितवनको भरतपुर-२७ सिमलतालमा पहिरोका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुन सक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए। सिमलतालको पहिरोमा परेर दुईवटा बस त्रिशूलीमा हराइरहेका छन् । एउटामा २४ र अर्कोमा २७ जना यात्रु रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ । तीमध्ये तीन यात्रुमात्र सकुशल रहेका छन् । हराइरहेको बसमा रहेका अरू यात्रीमध्ये हालसम्म दुई जनाको शव फेला परेर आफन्तले सनाखत गरेका छन् ।

हराइरहेका बस र यात्रुको खोजी कार्य आज साँझबाट स्थगित भएको र भोलि बिहान आठ बजेबाट खोजी सुरू हुने प्रमुख जिल्ला अधिकारी यादवले जानकारी गराएका छन् ।

kumari

प्रकाशित: Jul 13, 2024| 19:47 शनिबार, असार २९, २०८१
प्रतिक्रिया दिनुहोस्