सोमबार, जेठ २६, २०८२

कांग्रेसले बनायो मन्त्री चयनको मापदण्ड

 |  शनिबार, असार २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २९, २०८१

vianetvianet
National life insurance

काठमाडौं- नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने मापदण्ड तय गरेको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेसँगको सहमतिअनुसार सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनको मापदण्ड तय गरेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार योगदान र योग्यताको आधारमा समावेशीता र प्रादेशिक सन्तुलनलाई  ध्यानमा राखेर पार्टीबाट मन्त्रीहरु चयन गर्ने निर्णय भएको छ।

बैठकले सिमलतालसहित देशका विभिन्न स्थानमा भएको बाढीपहिरो र डुबानका घटनामा दुख व्यक्त गर्दै युद्धस्तरमा उद्धार, वेपत्ता भएकाहरूको खोजी, घाइतेको उपचार र राहतको कार्यमा सक्रिय हुन सरकारलाई आग्रह गरेको छ। ‘सडक दुर्घटनाको दुःखद अवस्था अन्त्य गर्न पर्याप्त अध्ययन गरी सडक दुर्घटना न्यूनिकरण सम्बन्धी आवश्यक कानूनी व्यवस्था गर्न संसदमा अविलम्व विधेयक प्रस्तुत गरेर सो बमोजिमको व्यवस्था कडाइका साथ लागु गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ,’ सार्वजनिक कांग्रेसको निर्णयमा उल्लेख छ।

प्रकाशित: Jul 13, 2024| 19:34 शनिबार, असार २९, २०८१
प्रतिक्रिया दिनुहोस्