आइतबार, भदौ २३, २०८१

nespernesper

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश, नियुक्ति र शपथ आइतबार हुने

 |  शुक्रबार, असार २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २८, २०८१

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन्। सरकार गठनका लागि आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन हुने भएको हो।

triton college

संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन्। आइतबार ओलीको नियुक्ति हुनेछ र सोही साँझ शपथ ग्रहण समेत हुनेछ।

तीन वर्षअघि असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट सत्ताच्युत भएका ओलीले असार २८ गतेकै दिन प्रधानमन्त्री बन्न शेरबहादुर देउवाको समर्थनमा राष्ट्रपति निवास पुगेका थिए।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। त्यसलगत्तै प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्।
ओलीलाई प्रधानमन्त्रीमा एमालेका ७८ र कांग्रेसका ८८ गरी १६६ सांसदले समर्थन गरेका छन्।

प्रकाशित: Jul 12, 2024| 22:38 शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्