सोमबार, पुस ७, २०८२

विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त

 |  शुक्रबार, असार २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २८, २०८१

काठमाडौं- प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्।

National life

उनले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसद्बाट विश्वासको मागेका हुन्। तर उनले प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न सकेनन्। 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत पर्‍यो। प्रधानमन्त्री कायम रहनका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका हुन्। उनको विपक्षमा १९४ मत पर्‍यो। मत दिन्न भन्नेमा १ मत परेको थियो।

प्रचण्डले १८ महिनामा एमालेसँग दुई र कांग्रेससँग एक पटक गरेर तीन पटक गठबन्धन बदलेका थिए। कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सात बुँदे सहमति भएपछि उनी विश्वासको मत लिन शुक्रबार प्रतिनिधि सभामा उपस्थित भएका थिए।

संसद्का दुई ठूला दलबीच सरकारको नेतृत्वमा आलोपालो गर्ने गरी असार १७ मा सात बुँदे समझदारी भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएका थिए। त्यसपछि अल्पमतमा परेका दाहालले राजीनामा नदिएर संवैधानिक सुविधाबमोजिम विश्वासको मत मागेका हुन्।

Laxmi sunrise bank
kumari

प्रतिनिधि सभामा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत दिएनन्। विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम नै उनी पदमुक्त भएका छन्।

प्रकाशित: Jul 12, 2024| 17:53 शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्