आइतबार, चैत २९, २०८२

'देश विपत्‌मा छ, सत्ता परिवर्तनको खेल १५ दिन सारौं'

 |  शुक्रबार, असार २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २८, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रकी एक सांसदले देश गम्भीर विपतमा रहेको भन्दै सत्ता परिवर्तनको खेल १५ दिन पर सार्न प्रस्ताव गरेकी छिन्।

National life

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा माओवादी सांसद ज्ञानु बस्नेत सुवेदीले देश विपद्‍मा रहेको समयमा विपक्षी दलहरू सत्ता परिवर्तनको खेलमा लागेको भन्दै आपत्ति जनाएकी हुन्। 

‘देश गम्भीर विपतमा छ, विपक्षी सत्ता परिवर्तनको खेलमा छन्। केही समय जनताको पीडामा सहभागी हुने बेला हो। सरकार परिवर्तन १५ दिन पर सार्दा नेपालमा आकाश खस्ने र धर्ती भासिने होइन,’ उनले भनिन्। 

नेकपा एमाले र नेपाली कांग्रेसबीच सरकार बनाउने सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् र आज स‌ंसद्‍मा विश्वासको मत माग्दैछन्। यो प्रक्रिया सुरु हुनुअघि आकस्मिक समयमा सांसदहरूले पहिरोका कारण त्रिशूलीमा बस खसेर बगाएको घटनाका सम्बन्धमा चिन्ता व्यक्त गरेका छन्।

त्रिशूलीमा गएराति दुईवटा बस खस्दा दर्जनौं यात्रु बेपत्ता छन्। 

kumari

प्रकाशित: Jul 12, 2024| 11:41 शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्