सोमबार, पुस ७, २०८२

यी हुन् त्रिशूलीमा खसेर बेपत्ता दुई बसका यात्रु

 |  शुक्रबार, असार २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २८, २०८१

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले परेर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ। गणपति डिलक्स र एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो।

National life

वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा चालक र सहचालकसहित २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए। ​

गणपति डिलक्स बसबाट ३ जना यात्रु हाम फालेको प्रहरीले जनाएको छ। अरु सबै बससँगै बेपत्ता छन्। 
बेपत्ता भएका बसको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलका ७ गोताखोरसहित ७० जनाको टोली खटिएको छ। सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको हो। 

अविरल वर्षाका कारण शुक्रबार बिहान करिब ३ बजे चितवनको भरतपुर नगरपालिका–२९ सिमलताल भन्ने ठाउँमा पहिरो खस्दा दुईवटा बस त्रिशुलीमा खसेर बेपत्ता भएका हुन्।

यात्रुको सूची

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Jul 12, 2024| 11:35 शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्